श्रीमतीले आलु राख्न बेसमेन्ट बनाउ भनेका थिए तर श्रीमानले बनाईदिए जमिन मुनि यस्तो सानदार महल

रिता घिसिंग

पिएनपिखबर : आर्मेनियाको अरिंज गाउमा एक महिला तोस्या घारीबिनले आफ्नो पति लेवोन अरकेल्यानलाई आलु राख्नको लागि बेसमेन्टमा एउटा कोठा बनाउनु भनेका थिए। तर उनको पतिले २३ बर्षमा जमिन मुनि महल नै तयार पारेका छन्। सन् २००८ मा लेवोनको मृत्यु भयो तर उनले बनाएको महलमा अहिले धेरै पर्यटक आउने गर्छन।

जमिन मुनिको महलमा गुफा र नहर बनाएको छ। ढोकालाई मेहराब जस्तो बनाएको छ। भित्तामा ठुल्ठुला आलु उम्रिएको छ। यहाँ आउने पर्यटकलाई तोस्याले सबै कोठाहरु देखाउछन्। उनि यसलाई आफ्नो मायाको निशानी भन्ने गर्छन।

तोस्या भन्छिन ‘लेवोनले एकपटक खन्न सुरु गरेपछि उनि रोकेनन। १९८५मा उनले खन्न सुरु गरेका थिए। धेरै पटक रोक्न खोजे तर लेवोन आफ्नो योजनामा अडिक थिए। उनले घर बनाउने प्रशिक्षण लिएको थियो। महल बनाउनको लागि लेवोन प्रत्येक दिन १८ घण्टा खट्ने गर्थ्यो। कहिले कहिँ अंगालो हाल्ने गर्थ्यो। फेरी काममा नै लागि पर्थ्यो। २० बर्षसम्म लेवोनले खन्ने काम मात्रै गरेका थिए।’

खन्ने क्रममा ६०० ट्रक माटो र ढुंगा निक्लेका थिए। सन् २००८मा महलको भित्ता भत्कियो। त्यसपछि लेवोनलाई हार्टअट्याक आयो र ६७ को उमेरमा उनको निधन भयो। तोस्याले आफ्नो पतिको यादमा उक्त महललाई एक म्यूजियम नै बनाएका छन् ।

प्रतिक्रिया