श्रीमती माइत गएको रिसमा पिताले हथौडाले किचीदिए ३ जना कलिला बालिकाको टाउको

रिता घिसिंग

पिएनपिखबर : युपीको ललितपुरमा एक यस्तो घटना घटेको छ जुन सुनेर तपाईको आँखाबाट आँसु झर्न सक्छ। आफ्नै पिताले ३ जना कलिला बालिकाहरुकोको टाउकोमा हथौडाले हानेर जिउदै जलाउने कोसिस गरेका छन्। यस घटनामा ३ बालबालिकाको मृत्यु भएको छ। जसमा एक १० बर्ष, दास्रो ७ बर्ष र तेस्त्रो ४ वर्षका थिए। पुलिसले अरोपिलाई पक्राउ गरिसकेका छन्।

जानकारीका अनुसार श्रीमती माइत गएका कारण श्रीमान रिसाएका थिए। श्रीमती दिवाली मनाउनका लागि माइत गएकी थिइन्। साथमा २ छोरी पनि साथमा लिएर गएकी थिइन्। यो घटना गएको साताको मंगलबारको हो। श्रीमती माइत गएको रिसमा पिताले निर्ममतापूर्वक आफ्नै कलिला बालिकाहरुको हत्या गरेका हो । पितालाई प्रहरीले पक्राउ गरिसकेका छन्। उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेका छन्।

प्रतिक्रिया