श्रीमान र सौता मिलेर १ तल्लाबाट खसालीदिएपछि सडकमा पुगेकी कल्पना दिदीको मार्मिक जीवन संघर्ष (भिडियो)

मनिषा थापा

पिएनपिखबर : कल्पना कुमाल मानव समाज कल्याणमा सेवा दिँदै आईरहेकी छिन्। दिनरात नभनि उज्यालो मुहार लिएर सेवा खटिरहेकी उनको विगतको पाना त्यति नै अन्धकार थियो जुन हाम्रो लागि अकल्पनीय छ।

उनी विगत ५ वर्ष अगाडी आफ्नै श्रीमानबाट अपहेलित भएर सडकमा वेवारिसे अबस्थामा पुग्न बाध्य भएकी थिइन्। श्रीमानले दोस्रो श्रीमती ल्याएपछि उनलाई घरमा टिक्न गाह्रो भयो।

उनको सौता र श्रीमान मिलेर उनलाई घरको एक तल्लाको छतबाट खसालीदिए। उनी भुईमा बजारिदा एउटा खुट्टा बाचियो। त्यतिबेला उनको दुई महिनाकी छोरी थिइन्। लट्ठी टेकेर हिड्न सक्ने भएपछि दुधे बालक काखमा च्यापेर हेटौडाबाट काठमाडौँ आइपुगिन। उनी कलंकीमा झर्दा २० रुपैयामात्र थियो।

उनलाई काठमाडौँमा निकै संघर्ष गर्नुपर्यो। शुरुवातीको दिनमा उनी मन्दिरमा बस्ने गर्थिन। उनी सुन्धारामा आफ्नो छोरी च्यापेर मागेर खान्थिन। मागेर खादै गर्दा जाड, रक्सि खाने उनको बानि बस्यो। जति नै नसामा भए पनि आफ्नो छोरीको साथ भने छाडीनन्। त्यसरी बस्दै गर्दा मानव समाज कल्याणकी अध्यक्ष सुमित्रा चौलागाईको आँखा उनीमाथि पर्यो। शुरुमा उनी संस्थामा जान्न भनेर निकै हत्ते गर्थिन। पछि विस्तारै उनलाई बानी पर्दै गयो। कुनै बेला सडकमा वेसहारा बनेकी कल्पना आज मानव कल्याण समाजका हरेक सदस्यको सेवामा दिनरात एक गरेर खटिरहेकी छिन्।

उनको छोरी अहिले एल.के.जीमा अध्धयनरत छिन्। उनी भन्छिन, ”सुन्धारामा समय निकालेर जाने गर्छु। मलाई सर्पको काचुली फेरिएको भएको भन्ने गर्छन। जाँड, रक्सि विणी सिरानीमा टुट्दैनथ्यो मलाई अहिले खान मन लाग्दैन। मलाई भगवानले सुध्रिने मौका दिए।” अबको जीवन मानव कल्याण समाजको सेवामा नै समर्पित गर्ने उनको उद्देश्य छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू