श्वासप्रश्वास समस्याले मृ’त्यु भएकी महिलामा थिएन काेराेना

admin

डडेल्धुरा : डडेल्धुरामा श्वासप्रश्वासमा समस्या देखिएपछि मृ’त्यु भएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल पुगेकी गन्यापधुरा गाउँपालिका ३ की ३८ वर्षीया माधवी शाहीलाई धनगढी लैजाँदै गर्दा बाटोमै शनिबार मृ’त्यु भएको थियो।

मृ’त्युपश्चात सेती अस्पतालको प्रयोगशालामा उनको स्वाब संकलन गरी आइतबार कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै धनगढी रिफर गरिएकी ती महिलाको भीमदत्त राजमार्गको बुडर नपुग्दै मृत्यु भएको भएको थियो। मृ’तक महिला धनगढी उपमहानगरपालिका ४ बोराडाँडी र गन्यापधुरा ३ की हुन्।

प्रतिक्रिया