षडयन्त्र गरि आँफुलाई बदनाम गर्न खोजिएको भन्दै नायिका पुजना प्रधान मिडियामा [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ७ जेठ : राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको नेपालकै पहिलो “द सुपर मम” को प्रतियोगीताहरुले कार्यक्रमको संयोजक नायिका पुजना प्रधान माथि ठगिको आरोप लगाएको छ। यहि ठगिको बिषयमा प्रस्ट पार्दै न्यायको निम्ति प्रतियोगीहरुले राजधानीमा पत्रकार भेला समेत गरेर न्यायको माग गरेको छ ।

प्रतिगोयितामा छलकपट भएको, प्रतिगोयीहरुबाट अवश्यक भन्दा बढी नै पैसा लिएको, संयोजकले आफ्नो मन मानि गर्दै कार्यक्रममा सोधिने प्रश्न उत्तर बाहिर ल्याएको र आफ्नो मिलोमतोमा विजयी समेत चुनेकोले प्रतियोगीहरुले नायिका पुजना प्रधान माथि ठगीको आरोप लगाउदै समय ,मान, मर्यादा र पैसाको असुली माग गरेको छ । साथै आफुले प्रतियोगितामा जितेको उपहारसमेत फिर्ता दिने घोषणा गरेको छ ।

यसै विषयलाइ लिएर आफु माथि लागेको आरोप र प्रत्यारोपको कारण खुलाउदै प्रतियोगी आफुबाट नठगिएको, उल्टो आफुलाई नै सबैको मिलेमतोमा सड्यन्त्र बुनेर बदनाम गर्न खोजेको भन्दै नायिका एवम प्रतियोगिताको संचालक पुजना प्रधान मिडियामा बोलेकी छिन । पुजनाले भने अनुसार प्रतियोगीहरुले मनोमानि गरेको र जजहरुलाई समेत नम्बर धेरै दिएर आफु विजयी हुन् खोज्दा आफुले उक्त कुरामा सहमति नजनाउँदा अहिले आफुलाई बदनाम गर्न खोजिएको भन्ने आरोप लगाएकी छिन । साथै आरोप प्रत्यारोप लगाउने कुरामा आफुलाई मानब तस्करी समेत गरेको भनेकाले यो मानब तस्करीको बारे प्रष्ट पर्दिन समेत आग्रह गरेकी छिन ।

प्रमुख अतिथि उधोगपति साहित्यकार बसन्त चौधरीको उपस्थितिमा सम्पन्न भएको “द सुपर मम”को निर्णायक मण्डलीमा नेपालको प्रथम नायिका भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, सन्ध्या पहाडी, बिशाल पहाडी र भुषण श्रेष्ठ रहेका थिए। उक्त प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै भक्तपुरकी एमी कर्माचार्य विजय भएकी थिईन। त्यसैगरी फर्स्ट रनरअप अमृता शर्मा र सेकेन्ड रनरअपमा बाला राईले सफलता हाँसिल गरेका थिए भएका थिए ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू