संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढी, सक्रिय संक्रमितको संख्या २२ हजारमा झर्‍यो

admin

काठमाडौं, ४ असोज : सोमबार कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या झण्डै तीन गुणाले धेरै भएको छ । बितेको २४ घण्टामा एक हजार ९५ जना नयाँ संक्रमित थपिएकामा दुई हजार नौ सय ५७ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

दुई हजार नौ सय ५७ जनासहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख ५२ हजार एक सय ७० पुगेको छ । बितेको २४ घण्टामा १३ हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा एक हजार ९५ जना अर्थात् सात दशमलव ९२ प्रतिशतमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आइतबार पनि संक्रमण दर सात प्रतिशतमा झरेको थियो । अहिलेसम्म नेपालमा संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ७४ हजार ६ सय २९ पुगेको छ । यस्तै यही अवधिमा थप आठ जना संक्रमितको ज्यान गएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४८ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या पनि २२ हजार तीन सय जनामा झरेको छ ।

सक्रिय संक्रमितमध्ये तीन सय ७१ जनाको आईसीयू र एक सय आठ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा २२ हजार एक सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा ५५ लाख ८८ हजार पाँच सय १७ जनाले पूर्ण मात्रा र ६२ लाख १५ हजार आठ सय ५६ जनाले पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया