संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

admin

काठमाडौं, २४ असार : बुधबार थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार चार सय २३ पुगेको छ ।

यस्तै नेपालमा अहिलेसम्म सात हजार सात सय ५२ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई सय ५३ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या सात हजार सात सय ५२ पुगको हो ।

यो संख्या कुल संक्रमितको ४७ दशमलव २ प्रतिशत हो । बुधबारसम्म क्वरेण्टीनमा २५ हजार ४० जना र आइसोलेशनमा आठ हजार ६ सय ३६ जना रहेका छन् । 

प्रतिक्रिया