संखुवासभा हत्याकाण्डः लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए

admin

काठमाडौं, ३ असाेज : संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक ह त्यामा संलग्न रहेको आरोपमा प्रह रीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ।

एकै परिवारका ६ जनाको ह त्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रह री उपरीक्षक नवीनराज राईले जानकारी दिए। घट नामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशंकामा अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।

उनका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयबासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ। नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रह री उपरीक्षक राईले बताए।

मृत क रञ्जना कार्कीको हराएको मोबाइल प्रह रीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घट नास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ।
घट नाबारे थप प्रमाण फेला परेपछि संघीय एकाइ प्रह री कार्यालय धरानका प्रह री उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रह रीसहित छ जनाको टोली घ टनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिए।

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको ह त्या भएको थियो। लोकबहादुरले छ जनाको हत्या गरेको बताइएको छ।

लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो। ह त्यामा संलग्न भएको आरोपमा पक्रा उ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रह रीले अनुसन्धान थालेका प्रवक्ता राईले बताए।

संखुवासभा प्रहरीले घट नाको सातौं दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्रा उ गरी प्रह रीले सार्वजनिक गरेको थियो। रञ्जनाको मोबाइल घट ना भएको बिहानदेखि नै हराएको थियो। सो मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो। रासस

प्रतिक्रिया