संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले असोज ३ मा वृहत प्रदर्शन गर्ने

admin

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा २०७८ ले आगामी असोज ३ गते वृहत प्रदर्शनको आयोजना गर्ने भएको छ । त्यसको तयारीको लागि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको भोली बिहान ८ बजे काठमाण्डौँको एक होटेलमा विशेष बैठक बस्ने भएको छ ।

नेपाललाई वैदिक सनातन र हिन्दु राष्ट्र घोषणा गर्ने उदेश्यले २०७२ सालको संविधान खारेजीको माग गर्दै प्रदर्शन गर्न लागिएको मोर्चाका प्रचार बिभाग प्रमुख समेत रहेका स्वतन्त्र नागरिक समाजका अध्यक्ष हेमबिक्रम सिलवालले जानकारी दिनुभयो। असोज ३ गते २०७२ को संविधान जारी भएको दिनको अवसर पारेर २०७२ को संविधान खारेज र २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै वृहत प्रदर्शनको आयोजना गर्ने भएको हो। सो दिन बिहान साँढे ११ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने सिलवालले जानकारी दिए।

प्रतिक्रिया