संविधानको धारा जति पल्टाए पनि फेरि केपी ओली नै प्रधानमन्त्री हो : विष्णु रिजाल

admin

काठमाडौं, २८ बैशाख : ओली पक्षका नेता विष्णु रिजालले फेरि पनि एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । नेकपा एमालेका नेता माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा उनको सल्लाहकार समेत रहेका नेता रिजालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपनि फेरि एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

केही दिन अघि मात्र नेपालको साथ छोडेका नेता रिजालले नयाँ सरकार गठनका लागि विपक्षी (कांग्रेस, माओवादी गठबन्धन) सँग बहुमत नपुग्ने भएकाले फेरि पनि एमालेकै सरकार बन्ने दाबी गरेका हुन् । ‘नयॉ सरकारका लागि १३६ मत चाहिनेमा विपक्षी गठबन्धनसँग १२४ मत मात्र देखियो,’ नेता रिजालले लेखेका छन्, ‘संविधानको धारा जतिपटक पल्टाए पनि संख्या नपुगी नयॉ सरकार बन्दैन । त्यसैले नयॉ सरकार दावी गर्नुअघि संख्या नजुटाई माग मात्र गरेर के गर्नु ! अनितत: ७६ (३) अनुसार एमालेको सरकार बन्छ । बॉकी विकल्प त स्पष्टै छ।’

यता, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै तीन दलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए ।

प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।

प्रतिक्रिया