संविधान दिवसको अवसरमा ५३१ कैदीबन्दीले पाए माफी

admin

काठमाडौं, २ असाेज : सविधान दिवसको अवसरमा ५३१ कैदीबन्दीले माफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा कैद सजाय माफ गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार हर्कबहादुर राईसमेत ५२३ र बहादुर भन्ने किशोर भण्डारीसहित ८ जनाको कैद सजाय संविधान दिवसको अवसरमा माफी भएको हो ।

प्रतिक्रिया