संविधान दिवस नमनाउने सांसदलाई कारवाही गर्नुपर्छ : डा. राजेश अहिराज

मनिषा थापा

पिएनपिखबर : डाक्टर राजेशले अहिराजले संविधान दिवस नमनाउने सांसदलाई कारवाही गर्नुपर्ने बताए। सविंधानलाई टेकेर सत्तामा बस्ने, देश विदेशमा घुम्ने देखि आर्थिक लाभ लिने अनि सविधान दिवस मनाउदैनौ भन्ने संसदलाई सभामुखले कारवाही गर्नुपर्ने उनले जनाए।

उनले भने, ‘यही संविधानलाई अपनाएर निर्वाचनमा निर्वाचित हुने, संविधानको अस्त्र पालना गर्छु भन्दै सपथ खाने, भौतिक लाभ लिने अनि त्यहि पात्रले सविधान मान्दिन भन्नु दण्डनीय कुरा हो। यस्तो दण्डनीय कार्य गरे बापत सांसदले सजाय पाउनुपर्छ। अराजक संसदलाई कारवाही नगरे सभामुखले राजिनामा दिए हुन्छ।’

उनले नेता भनेको सबैको आदर्श हुनु पने बताए। संविधान जनताको आस्थाको केन्द्र बन्न सकेको भए सरकारले संविधान दिवस मनाउन जनतालाई आग्रह गरिराख्नु नपर्ने उनले उल्लेख गरे।

उनले अघि भने, ‘सविधान जारी पछि सविधानले जारी गरेको व्यवस्था जनताले सदुपयोग गर्न पाएको भए आज जनताले आफै धुमधाम गरी मनाउने थिए। जुन दिन जनताले सविधान जनताको हितको लागि महसुसगर्छन त्यो दिन सरकारले जनतालाई सविधान दिवस मनाउनु भन्नु नै पर्दैन।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया