संसारभर नै अर्बपति हुन्छन यी राशि हुने व्यक्तिहरु…

मनिषा थापा

एजेन्सी : हरेक व्यक्ति धनी बन्ने सपना देखेको हुन्छ । विश्वमा अर्बपतिहरुलाई फ्लो गर्ने व्यक्तिहरु हुन्छन् । धनी बन्नुको पछाडि मेहनत, व्यवसाय गर्ने तरिका तथा कोही व्वक्ति भाग्यशाली मानिन्छन् ।

कोही व्यक्ति राशिमा जन्मने आधारमा पनि व्यक्ति धनी भएको विषय जोड्ने गर्छन् । धेरै व्यक्ति आफ्नो राशिलाई धनी बन्ने आधारम जोड्न चाहन्छन् ।

एक वेवसाइट लभमनीले गरेको अध्ययन अनुसार विश्वमा मेश राशि भएका व्यक्ति सबैभन्दा बढी धनी छन् । वेवसाइटले फोब्र्सले सार्वजनिक सबैभन्दा बढी धनी एक सयजनाको राशिको अध्ययन गरेको थियो ।

सर्वेमा एक सय अर्बपतिको लिस्टमा १३ यस्तो नाम थियो । जसको राशि मेश थियो । त्यसमा भारतका सबैभन्दा बढी धनी व्यक्ति मुकेश अम्बानी, गुगलका सह संस्थापक ल्यारी पेज, जारा कम्पनीका संस्थापक अमानसिओ आरटेगा रहेका छन् । सर्वेले मेष राशि हुने व्यक्ति साहसी, दृण निश्चयी, आत्मविश्वासी र इमान्दार हुने जनाएको छ । यस्तै सर्वेमा यस्तो राशि हुने मुडी, धैर्य राखन नसक्ने हुने बताएको छ ।

फोब्र्सको लिस्ट अनुसार दोस्रो धनी हुने व्यक्तिमा सिंह राशीका व्यक्ति छन् । सर्वेले १० जना अर्बपति सिंह राशीको भएको जनाएको छ । यसमा गुगलका सहसंस्थापक सर्जे ब्रिन तथा ओर्याकलका संस्थापक ल्यारी एलिसन लगायत छन् ।

सर्वेमा सिंह राशि हुने क्रियटिव, उदार तथा खुसी हुने खाला हुने तथा कमजोरीमा सुस्त, जिद्दी र आफ्नो बारेमा बढी सोच्ने हुने जनाइएको छ । यस्तै सर्वेमा तुला राशी हुने १० जना अर्बपति छन् । सिंह राशी र तुला राशी हुने अर्बपति बराबरको संख्यामा रहेका छन् । यसमा लरियलका उत्तराधिकारी लिलियाने बेटेनकोर्ट, एचएडएमका अध्यक्ष स्टेफन परसान तथा वालमार्टका एलिस वालटन रहेका छन् ।

तुला राशि हुनेहरु सामाजिक तथा अर्कालाई सहयोग गर्ने तथा खुला मनको हुने तथा कुटनीतिक खालको काम गर्ने ढिला काम गर्ने हुने सर्वेले जनाएको छ। यसपछि वृश्चिक राशी हुने अर्बपतिको संख्या ९ जना रहेको छ । यसमा विश्वका सबैभन्दा बढी धनी व्यक्ति बिल गेट्स चीनका अर्बपति किंग वांग जियानलिन छन्।

सर्वेका अनुसार वृश्चिक राशी हुनेहरु हिम्मती तथा साधन स्रोत सम्पन्न हुने तथा कमजोरीमा शंकालु हुने जनाइएको छ । सर्वेमा सहभागी ८ जना अर्बपतिको राशी वृष रहेको थियो ।

जसमा फेसबकुका संस्थापक मार्क जुकरवर्ग,जर्मनीका सबैभनदा बढी धनी महिना सुसाने क्लाटेन तथा कोच इन्डष्ट्रीका उपाध्यक्ष डेविट कोच यो सूचिमा छन् । सर्वेले वृष राशि हुने व्यक्तिलाई नेतृत्व क्षमता भएको व्यवहारिक र जिम्मेवार हुने बताएको छ । तर,वृष राशि हुनेहरु सम्झौता नगर्ने तथा जिद्दी हुने उल्लेख छ ।

एक सयभनदा बढी अर्बपतिको सूचिमा ८ जना अर्बपति कुम्भ राशिका छन् । यसमा न्यूयोर्क सहरका पूर्व मेयर तथा व्यवसायी माकइल ब्लूमर्ग, मेक्सिकोका टेलिकमका टाइकुटन कार्लोस स्लिम लगायतको नाम छ । यो राशिका व्यक्तिहरु स्वतन्त्र विचार राख्ने प्रोग्रेसिव हुने उल्लेख छ ।

सर्वेमा सामेल अर्बपतिमा ७ जनाको राशि मकर रहेको छ । जसमा अमेजनका संस्थापक तथा अहिलेको एक नम्बर अर्बपति जेफ बेजोस, रुसका अर्बपति भ्लादिमिर पुटिन नाममा छ । यो राशि हुनेहरु अनुशासित तथा नेतृत्व गर्न सक्ने कला भएका व्यक्ति हुने जनाइएको छ ।

१०० अर्बपतिको लिस्टमा ७ जना अर्बपतिको राशि मिथुन छ । जसमा थम्सन रोयर्टसका अध्यक्ष डेविट थमसन, वालमार्टका जिम वाल्टन लगायतका अर्बपति छन् । मिथुन राशि हुने व्यक्ति सिक्ने खोज्ने आफ्नो विचारलाई सार्वजनिक गर्ने नयाँ नयाँ खालका कुरामा उत्सुक हुने तथा अत्याधिक नर्वस हुने उल्लेख गरिएको छ ।

सर्वेमा सामेल ७ जना अर्बपतिको राशि मीन रहेको छ । जसमा एलभिएमएचका सिइओ बनार्ड अरनल्ट तथा मिडिया टाइकन श्रपर्ट मर्डोक र डेलका संस्थापक माइकल डेल रहेका छन् । रिपोर्टमा मीन राशि हुनेहरु सहज ढंगले ज्ञान लिने बुद्धिमान र कलाप्रेमी हुने तथा छिटो आत्तिने स्वभावका हुने उल्लेख छ ।

सर्वेमा सामेल एक सय अर्बपतिमा ६ जनाको राशि धनु छ । जसमा प्रोपटीका टाइकुट डेविड साइमन तथा हिंदुजा बदर्स रहेका छन् । सर्वेमा सहभागी १०० अर्बपतिमा ५ जनाको राशि कन्या थियो । जसमा सेयर बजारका बादशाह वारेन बफेट, अलिबाबाका संस्थापक ज्याकमा सामेल छन् । यो राशिका व्यक्ति भरोसा गर्न सकिने र मेहनती हुने उल्लेख छ ।

यस्तै कर्कट राशी हुने अर्बपतिको संख्यापनि ५ जना नै छ । यसमा टेस्ला मोटरका फाउन्डर तथा सिइओ एलन मक्स रहेका छन् ।

प्रतिक्रिया