संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

admin

काठमाडौं, ४ असार : संस्कृतिविद् एवम् वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । नौ दिनदेखि किस्ट अस्पतालमा उपचार गराइरहेका जोशीलाई शुक्रबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

एक हप्तापछि छाती रोग विशेषज्ञ प्रा. डा. मिलेशजंग सिजापतिको टोलीले जोशीको फलोअप गर्नेछ । उनको रक्तचापको गडबडी नियन्त्रणमा आएको, खानपिन सामान्य रहेको र हिँडडुल पनि गर्न सक्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ । श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई जेठको २६ गते अस्पताल भर्ना गरिएको थियो । 

प्रतिक्रिया