सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो, बितेको २४ घण्टामा १० जनाको ज्यान गयो

admin

काठमाडौं, १३ असोज : मंगलबार एक हजार पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७६ हजार दुई सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार आठ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय १३ जनामा संक्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा सात सय ३१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५५ हजार तीन सय ७१ जना पुगेको छ ।

अब नेपालमा २० हजार तीन सय ९६ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार सात सय ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी बितेको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ९१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा काठमाडौंमा सात सय ४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरका एक सय १४ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै मंगलबार काठमाडौं, उपत्यकामा नौ सय ३४ सहित देशैभर एक हजार पाँच सय १३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया