सक्रिय संक्रमितमध्ये १६५ जना आईसीयूमा र ३८ जना भेन्टिलेटरमा उपचाररत

admin

काठमाडौं, २ माघ : शुक्रबार दुई सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या दुई लाख ६६ हजार आठ सय १६ पुगेको छ । अहिले नेपालमा चार हजार तीन सय एक जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये एक सय ६५ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा तीन सय ९० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख ६० हजार पाँच सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा पाँच जना कोरोना संक्रमितको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ४८ पुगेको छ ।

प्रतिक्रिया