सञ्चारकर्मी रघुनाथको चलचित्रमा नाजिर अनुबन्ध

admin

काठमाण्डौ : सञ्चारकर्मी रघुनाथ सापकोटाले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । डेढ दशक अगाडि एक चलचित्र निर्माण गरिसकेका उनले नयाँ चलचित्रमा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गरेका छन् । सोमवार अभिनेता हुसेनसँग उनको कागजी सम्झौता भएको हो । चलचित्रको कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले जानकारी दिए ।

उनका अनुसार, चलचित्र सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुनेछ । केही दिनमा चलचित्रका लागि नाजिरको अपोजिटमा अभिनेत्रीको टुंगो लाग्ने उनले बताए । स्थिति सामान्य भएपछि एक कार्यक्रमको आयोजना गरेर चलचित्रको नाम र निर्देशक सार्वजनिक गर्ने उनको तयारी छ । आउँदो फागुनबाट छायांकन सुरु हुने चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् ।

निर्माता सापकोटाले चलचित्रको बारेमा जानकारी दिँदै भने- ‘अहिले हामी प्रि-प्रोडक्सनमा व्यस्त छौं । स्क्रिप्टलाई थप बलियो बनाउन मिहेनत गरिरहेका छौं । चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्नेछ । स्क्रिप्टलाई हुबहु पर्दामा उतार्न कुनै कसर बाँकी राख्ने छैनौं ।’ सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने चलचित्रको काठमाडौंलगायतका स्थानमा छायांकन हुनेछ ।

प्रतिक्रिया