सञ्चारमन्त्री बाँस्कोटाले ‘घुस बार्गेनिङ’ गरेकाे आराेप, बाहिरियाे अडियाे

admin

काठमाडौं, फागुन ८ :  सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीक कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो बाहिरिएको छ । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ ।

स्वीस कम्पनीका लोकल एजेन्ट विजया मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

 

प्रतिक्रिया