सडकमा जुत्ता पालिस गर्ने यी व्यक्तिले एक दिनमै कमाउछन् १ लाख

रिता घिसिंग

एजेन्सी : अमेरिकाको म्यानहटनमा बस्ने एक व्यक्ति सडकमा जुत्ता पालिस गरेर एक महिनामै यति धेरै पैसा कमाइरहेका छन्। जुन सुनेर तपाई चकित पर्नु हुनेछ।  डन वार्ड नाम गरेका यी व्यक्तिले कहिल्यै सोचेका थिएनन् कि अरुको जुत्ता चम्काउँदा चम्काउँदै उनको भाग्य यसरी चम्किनेछ  भनेर। डनले जब आफ्नो कमाइबारे बताए मानिसहरुले विश्वास नै गर्न सकेनन् । सडकमा जुत्ता पालिस गरेर उनी एक दिनमै ९ सय डलर (एक लाख नेपाली रुपैयाँ) कमाउँछन् ।

 

डनका अनुसार पहिले उनी फोटो ल्याबमा काम गर्थे तर त्यहाँ उनको कमाइ धेरै थिएन । उनका साथीहरु भने राम्रो पैसा कमाउँथे । त्यसपछि डनले पनि निर्णय गरे कि उनी पनि धेरै पैसा कमाउनेछन् । त्यसपछि उनले सडकमा जुत्ता पालिस गर्ने काम सुरु गरे । वार्ड कमाइका लागि निकै रमाइलो तरिका अपनाउँछन् । सबैभन्दा पहिले उनी आफ्नो अगाडिबाट हिँड्ने मानिसहरुलाई उनीहरुका फोहर जुत्ता देखाएर लज्जित बनाउँछन् । त्यसपछि मानिसहरु जुत्ता पालिस गराउन तुरुन्त उनीकहाँ आउँछन् ।  

 

डनका अनुसार मानिसहरु जसरी माछा समात्न माछालाई चारा दिन्छन् उनी त्यसैगरी आफ्नोमा ग्राहक ल्याउन चारा हाल्छन् । उनले एक च्यानललाई दिएको अन्तरवार्तामा भने म यहाँबाट हिँड्ने मानिसहरुलाई चुट्किला सुनाउँछु, उनीहरुसँग हाँस्छु र उनीहरुलाई सफा जुत्ता लगाउन प्रेरित गर्छु अनि उनीहरु मसँग आफैं तानिएर आउँछन् । 

 

प्रतिक्रिया