सडकमा ब’ला’त्कृत महिलाको काखमा दुई बर्षे छोरो, आमा-छोरा एकअर्कालाई चिदैनन् (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, १५ असोज : कुनै कथाहरु त यति चोटिला हुन्छन् कि आँखाका आशुहरु रोक्न समेत मुश्किल पर्दछ । रामेछापकी सबिता परियार १२ वर्षको कलकलाउदो उमेरमा कक्षा ५ मा पढदापढदै, मानसिक रोगको शिकार हुन पुगिन् । रामेछापको बाम्तीभण्डारमा जन्मिएकी सविता मानसिक रोगको शिकार भएपश्चात क्षणमै हास्ने क्षणमै रुने त क्षणमै चिच्चाउने गर्छिन् ।

विद्यालयमा राम्रो विद्यार्थी भएता पनि मानसिक रोगको शिकार भएपश्चात उनलाई विद्यालयबाट समेत निश्काषन गरियो । आर्थिक र सामाजिक दुवै रुपमा चेपुवामा परेको उनको परिवारले उनि मानसिक रोगको शिकार भनेर बुझ्न १२ वर्ष लाग्यो कुनै देवी देउता पुजा गर्न राखेनन् कुनै धामीझाकी कहाँ लैजान बाँकी राखेनन् तर उनको रोग भने यथावत् र्नै रहिरह्यो ।

करिब ४ वर्ष पहिले उनेको बुवाले जेनतेन ऋण गरेर छोरीको उपचारका लागि ललितपुरको लगनखेल हस्पिटल लिएर आए । १५ हजार प्रति महिना तिरेर ६ महिना सम्म छोरीको उपचार गर्दा पनि निको नभएपछि ललितपुरकै एउटा संस्थाको जिम्मा लगाएर उनि रामेछाप फर्किए । तर ६ महिनापश्चात सविता उक्त संस्थाबाट भागेर सडकमा पुगिन् ।

उनको परिवार र आफन्तले धेरै कोशिस गर्दापनि फेला पार्न सकेनन् । ९ महिना पश्चात जब उनि फेला परिन उनको पेटमा कसैको गर्भ बसिसकेको थियो । ब’ला’त्कारका ज’घन्य घटनाहरु अहिले सञ्चारमाध्यममा आइरहदाँ सबिता भने कसरी, कहाँ र कोबाट ब’ला’त्कृत हुन पुगिन् अहिले सम्म अहिलेसम्म अत्तोपत्तो छैन ।

न छोराले आमा चिन्छ, न सबिताले उनको छोरो नै, जब पढन् मन छ भनेर सोध्दा उनले मुसुक्क मुस्कुराएर टाउको हल्लाउँछिन् । उनलाई बोल्नको लागि धेरै कोशिस गर्दा पनि उनी बोल्न मानिनन् । तपाईहाम्रो सानो सहयोगले सबिताको भविष्य बन्छ भने सहयोगी मनहरु सम्म पुर्‍याउन यो भिडियो सेयर गरिदिनुहोला । प्रस्तुत छ उनकी आमासँग गरिएको यो कुराकानी :-

प्रतिक्रिया