सडकमा बसेर मोबाइल चलाइरहेकी महिलाले आफुलाई कारले किच्दा पनि पत्तो भएन ! (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : सडकको किनारामा बसेर मोबाइल चलाइरहेकी एक महिलालाई कारले किचेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ। भिडियोमा सडकको किनारामा पार्क गरीराखिएको कारको अगाडी बसेकी महिलाको मोबाइलमा मात्र ध्यान रहेको भिडियोबाट प्रष्ट हुन्छ।

 

कारका मालिक आएर पार्क गरिएको कार स्टार्ट गर्दासम्म पनि मोबाइलमै ध्यान भएकी महिलाले आफू कार मुनि परेपछि मात्रै थाहा पाएको दृश्य भिडियोमा देख्न सकिन्छ। कारले किचिसकेको महिलाको उद्धारको लागि अन्य व्यक्ति आएर कार मालिकलाई कार रोक्न लगाएर घाइते महिलालाई अस्पताल पुर्याएका थिए।

कारले किचेको कारण गम्भीर घाइते भएकी महिलालाई अस्पतालमा लागिएको भन्दै अन्तराष्ट्रिय संचार माध्यमले समाचार सम्प्रेषण गरेका छन्। अहिले घाइते महिलाको अवस्था समंस्य रहेको बुझिएको छ।

प्राप्त जानकारी अनुसार घटना नोभेम्बेर ११ को रहेको छ। चीनको हांग्जो शहरको यस घटनाको भिडियो सामाजिक संजालमा भाइरल नै भएको छ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू