सडकमा भेटियो तीनवटा आँखा भएको “अद्भुत” अजिङ्गर

रिता घिसिंग

बीबीसी : अष्ट्रेलियामा तीनवटा आँखा भएको अनौठो सर्प फेला परेको छ । वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको राजमार्गमा त्यस्तो सर्प भेटिएके जनाएका छन् । उनीहरुले तीनवटा आँखा भएको एउटा सर्पको तस्बिर समेत सार्वजनिक गरेका छन् । अधिकारीहरुले सार्वजनिक गरेको केही वेरमै सो तस्बिर धेरैले शेयर गरेका छन् । जसमा अनौठा कमेन्ट पनि आएका छन् ।

नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई अद्भुत भनेको छ। उक्त सर्पलाई वन्यजन्तु अधिकारीहरुले मोन्टी पाइथन नाम दिएका छन् । सो सर्प अजिङ्गर प्रजातिको भएको उनीहरुको भनाई छ । तर यो सर्प भने अहिले जिवित छैन । तर मार्चमा भेटिएको सो सर्प केही हप्तामै मरेको थियो।

विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको बताएका छन्। अचम्म त के भने सो सर्पले तीनवटै आँखाले देख्थ्यो । त्यो एउटै टाउकोमा थप आँखाको स्थान भएको र तीनवटै देख्न सक्ने आँखा भएको पाइयो, नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइभ सर्भिसले फेसबुकमा लेखेको छ। सर्प विशेषज्ञ प्राध्यापक ब्रायन फ्रेले आनुवांशिक संरचनामा देखिएको दोष परिवर्तनको स्वाभाविक प्रक्रिया भएको बताएका छन् ।

प्रतिक्रिया