सडक दुर्घटनामा परि चलचित्र सम्पादक तथा प्राइम टिभीका दृश्य सम्पादक गौतमको निधन

तुलसी नेपाल

काठमाण्डौ – सडक दुर्घटनामा परी चलचित्र सम्पादक एंव प्राइम टेलेभिजनका दृश्य सम्पादक अनिल गौतमको निधन भएको छ ।

शुक्रबार बेलुका साढे दश बजे गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घटना स्थलमा नै निधन भएको हो ।

गौतम पछिल्लो समय प्राइम टेलिभिजनमा दृश्य सम्पादकका रुपमा कार्यरत थिए । उक्त समय उनी कार्यलयबाट भक्तपुरको कौशलटारमा रहेको निवास फर्कदै गरेको प्राइमका सिइओ निर्जल श्रेष्ठले जानकारी दिएका छन् । ५२ वर्षीय गौतमको स्थायी घर भने काठमाण्डौको धुम्बाराही हो ।

दुर्घटना लगत्तै गौतमलाई बानेश्वरमा रहेको सिभिल अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनु अगावै उनको निधन भइसकेको चिकित्सकले जनाए।गौतमले मैदान,जीवनदाता,मेरो राजेश दाई,माया बैगुनी,कुसुमे रुमाल २,खलनायक लगाएत थुप्रै चलचित्रमा सम्पादकका रुपमा काम गरेका छन् ।

प्रतिक्रिया