सत्ताको बलमा ज्ञानेन्द्र शाहीको हत्या गर्न खोज्ने चाँडै पत्तासाफ हुन्छन : दिल निशानी मगर

मनिषा थापा

पिएनपिखबर : चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध विद्यार्थीहरु तथा वाईसियलका कार्यकर्ताहरुको हमलाबाट घाइते भएका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

उनलाई भेट्न पुगेका पत्रकार दिल निशानी मगरले कुनै पनि व्यक्तिलाई विचार राख्दैमा मर्ने गरी कुट्न नहुने बताए। उनले चितवनकी मेयर रेणु दाहालको करियर समाप्त पार्न बाह्य तत्वले हमला गरेको हुन् सक्ने अथवा उनकै संलग्न देखिएमा दाहालले राजनीमा दिनुपर्ने अभिव्यक्ति दिएका छन्।

‘सत्ताको बलमा एउटा अभियान चलाएर हिडिरहेको युवामाथि हत्या गर्ने प्रयासभएको हो भने उनीहरु चाँडै पत्तासाफ हुन्छन’ ,उनले भने।

पत्रकार मगर सँगै पुगेका नेकपाका नेता पुण्य गौतमले शाही माथि हमला गर्नेलाई सजाय हुनुपर्ने जनाए। उनी माथि सुनियोजित ढंगबाट आक्रमण भएको उनको ठम्याई छ। उनले शाहीको शिघ्र स्वास्थ्य लाभको कामना गरे।

 शनिबार चितवनको चौबिसकोठीमा आयोजना गर्न खोजिएको ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम शुरु हुनु अगावै उनी र अन्य अभियान्ताहरु माथि गाडीभित्रै हमला भएको थियो ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया