सन्दीप ‘टी-१०’ र ‘दी हन्ड्रेड’ लिगमा अनुबन्धित

मनिषा थापा

 काठमाडौँ :  नेपाली लेग स्पिनर सन्दीप लामिछाने युएईमा हुने टी–टेन लिगमा महँगो मूल्यमा अनुबन्धित भएका छन् । जारी डाफ्ट्रमा सन्दीपलाई टी–टेनको फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा भित्र्याएको छ ।

ड्राफ्टबाट सन्दीपलाई कर्नाटकले पहिलो चरणमा लिएको हो। विदेशी कोटामा अनुबन्धित भएका सन्दीपले ४५ हजार अमेरिकी डलर पाउनेछन् । सन्दीपले गत सिजन केरला किङ्सबाट खेलेका थिए। टी–टेन नोभेम्बर १५ देखि २४ सम्म युएईमा चल्नेछ ।

यसका साथै सन्दीप इङ्ल्यान्ड र वेल्समा सन् २०२० को जुलाई १७ देखि अगस्ट १६ सम्म आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटमा अनुबन्धित भएका छन् ।

द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड (एक करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो। यो सन्दीपले कुनै प्रतियोगिताबाट पाउने अहिलेसम्मकै महँगो पारिश्रमिक हो ।

प्रतिक्रिया