सन्देशमुलक म्युजिक भिडियो ‘मास्क खै’ सार्वजनिक

admin

काठमाडौं, २ जेठ : गायक घमेश दुलाल र बाल गायिका आभा आरको आवाजमा सन्देश मुलक गीत ‘मास्क खै’ डि ए आर मुभिज एण्ड फिल्म्स ई प्रा लि.को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नव गायिका रोजिना बस्नेतले पनि साथ दिएकी छिन् ।

गीत मार्फत विश्वभर कोरोना महामारीले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौस्टिक आहार खाऔ, सामाजिक दुरी कायम गरौ सकेसम्म भिडभाडमा नजाऔ भन्ने सन्देश दिएको छ ।

पछिल्लो समय धेरै जसो सामाजिक सन्देशमुलक कथावस्तु समेटी गीत ल्याईरहेका अदृस्य गायक तथा संगीतकार प्रभावन जे को शब्द, संगीत, संगीत संयोजन रहेको गित एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको हो, गितको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।

भिडियोको छायाँकन रोनिश तामाङ, उत्पादन नियन्त्रक श्याम धिताल, उत्पादन व्यवस्थापक विवेक चौलागाईं, क्रियटिभ डाइरेक्टर श्रवन कुमार मिश्र रहेको छ भने सम्पादन कृष्ण गौतमले गरेका हुन् । भिडियोमा बाल कलाकार दीपा गौतम, दिपेश गौतम, भमा गौतमको अभिनय रहेको छ ।

प्रतिक्रिया