सपना चौधरीको डान्स कार्यक्रममा लाठी चार्ज

रिता घिसिंग

एजेन्सी : भारतीय चर्चित हरियाणकी डान्सर सपना चौधरी पुनः एक पटक चर्चामा छिन् । सपना चौधरीको एक नाइट डान्स कार्यक्रममा एक प्रकारको भागदौड मच्चियो, जसको कारण प्रहरीले लाठी चार्ज गर्न बाध्य भएको थियो ।

यसरी प्रहरीले लाठी चार्ज गरेपछि कयौं ब्यक्तिहरु घाइते भएका छन् । भारतको मध्ये प्रदेश राजगढ जिल्लामा गत बुधबारराति आयोजित सपना चौधरी डान्स नाइट प्रोग्राममा भागदौड उत्पन्न भएको थियो, त्यसपछि प्रहरीले लाठी चार्ज गरेका थिए । यसरी प्रहरीको लाठी चार्जबाट सयौं घाइते भएका छन्, भने दुई जनाको अवस्था गम्भीर रहेको छ ।

राजगढ जिल्लाको पचोरमा ‘के.के. इभेन्ट जोन एक प्रोडक्शन’द्वारा सपना चौधरीको स्टेज शो आयोजना गरेको थियो । यस कार्यक्रममा टिकटको माध्यमबाट एक लाख रुपैयाँ भारुको कलेक्शन गरेपछि डान्सर सपना चौधरीलाई बोलाइएको थियो ।

सपना चौधरीको कार्यक्रम सुरु भएको करिब एक घण्टा पनि भएको थिएन, आयोजकले राम्रो ब्यावस्थापन गर्न सकिरहेका थिएनन्, जसको कारण दर्शकहरु आ-आफ्नो ग्रुप बनाएर बसिरहेका थिए ।

त्यसपश्चात ती दर्शकहरुको यसै अभद्र ब्यावहार देखेर सुरक्षामा खटिएका प्रहरीहरुले लाठी चार्ज गर्न बाध्य भएका हुन् ।

यसरी प्रहरीले लाठी चार्ज गर्न सुरु गरेपछि डान्सर सपना चौधरी पनि स्टेजबाट ओर्लिएर आफ्नो घरतिर सवार भइन् । त्यसपछि त्यहाँ घाइते पक्ष र आयोजकबीच बहस सुरु भयो । रगताम्मे घाइतेहरु रिसले चुर भएर चिच्याउँदै थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू