सपन र प्रिन्सले बजारमा लिएर आए ‘लै बरि लै’

मनिषा थापा

चर्चित गायक सपन श्रेष्ठ र प्रख्यात र्यापर प्रिन्स राजको नयाँ गीत ‘लै बरि लै “को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ब्रिजेस श्रेष्ठको शब्द, संगीत तथा एरेन्ज रहेको छ भने गीतमा सपन श्रेष्ठको गायन र प्रिन्स राजको र्याप रहेको छ ।

बलिउड स्तरको निर्माण गरिएको यस गीतको म्युजिक भिडियो निकै नै आकर्षण बनेको छ । आकर्षण लोकेशनमा खिचिएको यस गीतको म्युजिक भिडियोलाइ दिपसन् डंगोलले खिचेका हुन् भने नरेश बिर सिंहको कोरियोग्राफी,बिकाश दाहालको ड्रोंन ,सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

निकै चर्चित मोडलहरु,तनुजा गुरुङ,सुष्मा अधिकारी,सम्पदा बनिया र काश्य अधिकारी र स्वीकृति प्याकुरेलको निकै कामुक भेषमा आकर्षण अभिनय रहेको यस म्युजिक भिडियोलाई निर्देशन भने नितिन चन्दले गरेका छन । गीतको म्युजिक भिडियोमा अन्जना श्रेष्ठको लगानी रहेको छ ।

प्रतिक्रिया