सफलता र विवादले भरिएको कंगना रनौटको यात्रा

तुलसी नेपाल

कंगना रनौट हिन्दी चलचित्र क्षेत्रको एउटा यस्तो नाम हो, जो हरेक समयमा चर्चामा रहिरहन्छ। यो नाम कहिले आफूले गरेको अभिनय त कहिले कोहीसँग भएको लडाईँझगडालाई लिएर धेरैजसो विवादमा रहिरहन्छ।

हिमाञ्चल प्रदेशमा जन्मिएकी कंगनाले जब अभिनय गर्ने योजना बनाइन्, उनले थिएटर निर्देशक अरविन्द गौँडसँ दिल्लीमा अभिनय सिकिन् र त्यसपछि मुम्बईको यात्रा गरिन्।

मुम्बई आएपछि कंगनाको संघर्ष सुरु भयो र उनले आदित्य पञ्चोलीको साथ पाइन्। दुईको मित्रताको खुब चर्चा भयो र कंगनालाई आदित्यको प्रेमिकाका रुपमा चिनिन थालियो।

लक्ष्यको खोजी गर्दागर्दै कंगनाको भेट चलचित्र निर्माता महेश भट्टसँग भयो। उनले सन् २००६ मा अनुराग बसुको निर्देशनमा बनेको चलचित्र ‘ग्याङ्स्टार’ मा कंगनालाई मुख्य भूमिकामा खेलाए।

कंगनालाई पहिलो चलचित्रमा खेलेको भूमिकाले नै कंगनालाई चर्चामा ल्यायो। यो पात्रलाई स्वर्गीय अभिनेत्री परवीन बबीको जीवनसँग प्रेरित बताइएको थियो। कंगनालाई आफ्नो पहिलो चलचित्रमा राम्रो अभिनय गरेको गरेको भन्दै वाहवाही मिल्यो, उनले फिल्मफेयरमा ‘बेस्ट डेब्यू अभिनेत्री’ अवार्ड प्राप्त गरिन्। त्यसपछि कंगनालाई कहिले पनि पछाडि फर्केर हेर्नु परेन।

सन् २००७ मा कंगनाको ‘वो लम्हे’ र ‘लाइफ इन ए मेट्रो’ जस्ता चलचित्र आए, तर सन् २००८ मा आएको चलचित्र ‘फेसन’ ले उनलाई सफलतको अर्कै उचाइमा पुर्‍यायो। मधुर भन्डारकरको चलचित्र ‘फेशन क्षेत्र’ को कहानी भनिएको थियो, जसमा प्रियंका चोपडा मुख्य भूमिकामा थिइन्।

सन् २००८ मा कंगना पुन चर्चामा आइन्, जब राज – ३ का नायक अध्ययन सुमनसँग उनको सम्बन्धको खबरले हेडलाइन बनाउन सुरु गर्‍यो। केही समयमा नै उनको सम्बन्ध टुट्यो। यतिबेलासम्म कंगनालाई बलिउडमा सफलता मिलेको भए पनि एकै किसिमको अभिनय गर्ने नायिकाको ट्याग लागिसकेको थियो।

हुन त यो वास्तविकता हो कि चलचित्र क्षेत्रमा जब कुनै पात्र अथवा कुनै सूत्रलाई रुचाइयो भने त्यसैको लाइन लाग्छ। कंगनासँग पनि यस्तै भयो। तर भन्छन् नि ‘भाग्य तपाईँको साथमा छ भने लक्ष्यसम्म पुग्नको चाहिएको सबै चिज तपाईँको अगाडि आइपुग्छन्।’

कंगनालाई सन् २०११ मा ‘रोम्यान्टिक कमेडी’ चलचित्र ‘तनु वेड्स मनु’ गर्ने अवसर आयो। कंगनाले मौकालाई हातबाट जान दिइनन् र यो चलचित्रले कंगनाको करियरले नया मोडसम्म पुर्‍यायो। कंगनालाई सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार मिल्यो।

हिजो आज उनको चलचित्रले बक्स अफिसमा सफलताको साथ साथ दर्शक अनि समीक्षकको पनि सराहना हासिल गरिरहेको छ। यो चलचित्रको निर्देशन आनन्द एल रायले गरेका थिए, र कंगनासँगै आर माधवन मुख्य भूमिकामा थिए।

सन् २०१४ साल आयो जसले कंगनालाई बक्स अफिसको क्विन बनायो। यही वर्ष चलचित्र ‘क्विन’ प्रदर्शनमा आयो र कंगनाले बलिउडमा आफ्नो सफलताको नयाँ इतिहास लेखियो। विकास बहलद्वारा निर्देशित यो चलचित्रले पनि कंगनालाई राष्ट्रिय पुरस्कार दिलायो।

भाग्यले कंगनाको साथ दिइरह्यो र हरेक २–४ फ्लप चलचित्र पछि एउटा यस्तो चलचित्र करियरमा आइरह्यो जसले कंगनालाई उचाइमा नै राखिराख्यो। ‘मणिकर्णिका’ मा कंगना झाँसीकी रानी बनिन्। यो चलचित्रको निर्देशन कंगना आफैँले गरिन् जसमा उनले झाँसीकी रानीको भूमिका खेलेकी थिइन्।

शुरुवातदेखि नै जसरी कंगना सफलताको सिँढी चढिन्, त्यसरी नै विवादको रानी बन्दै गइन्। कंगनाले ती व्यक्तिलाई पनि निशाना बनाइन्, जसले उनको करियरमा योगदान दिए। ‘ग्याङ्स्टर, लाइफ इन ए मेट्रोको सफलता पछि कंगनाले आदित्य पञ्चोलीविरुद्धमा प्रहरीकहाँ उजुरी दर्ज गरिन्, उनले आदित्यलाई रक्सी खाएर शारीरिक उत्पीडन गरेको आरोप लगाइन्। आदित्यले कंगनालाई उनको संघर्षको समयमा साथ दिएका थिए। यो मुद्दा पनि सञ्चार माध्यममा धेरै चर्चामा रह्यो।

सन् २०१० मा चलचित्र ‘काइट्स’ फ्लप भयो, तब कंगना निर्देशक अनुराग बसुसँग भिडिन्। अनुराग कंगनाको पहिलो चलचित्र ‘ग्याङ्स्टर’ का निर्देशक थिए। कंगनाले आरोप लगाइन कि ‘काइट्स’ मा जति धेरै भूमिका भनिएको थियो, त्यति उनलाई दिइएन।

चलचित्र ‘राज – ३’ सफल भएपछि अध्ययन सुमनसँगको उनको ब्रेकअपको विषयमा पनि कंगना खुब विवादमा रहिन्। ऋतिक रोशनसँग भएको झगडाको विषयमा त संसार जानकार छ। कंगनाले ऋतिकसँग प्रेमसम्बन्धको विषयमा कयौँ आरोप लगाएकी थिइन्।

ऋतिक रोशनको विरुद्धमा कंगना यति आक्रमक भएकी थिइन् कि यो मुद्दा प्रहरीसम्म पुग्यो। कंगना र ऋतिकको यो लडाइमा अध्ययन सुमन पनि ऋतिकको समर्थनमा आएका थिए । सुमनले कंगनाले आफूलाई कसरी यातना दिन्थिन् भन्ने खुलाएका थिए।

ऋतिकपछि कंगना पछाडि लागिन् करण जोहरको। करण जोहरलाई उनले ‘मुभी माफिया’ को दर्जा दिइन्। करण जोहरमाथि ‘नेपोटिजम’ को आरोप लगाइन् र हरेक दिन करण जोहरलाई लडाईँको मैदानमा खिचिरहिन्। तर हरेकपल्ट विवादबाट करण उम्किरहे। करणसँग कंगनाले पनि काम गरिसकेकी थिइन्। ‘उगली’ कंगनाको फ्लप चलचित्रमध्यको एक हो।

चलचित्र ‘तनु वेड्स मनु’ का निर्देशक आनन्द एल राय, जसले कंगनाको करियरलाई नयाँ मोडमा पुर्‍याउन मद्दत गरे कंगनाको उनीसँग पनि झगडा पर्‍यो। सामाजिक सञ्जालमा खबर आयो कि राय अब कंगनासँग काम गर्ने छैनन्। सन् २०१५ पछि यी दुई कहिले पनि साथ देखिएनन्।

चलचित्र ‘सिमरन’ प्रदर्शन भन्दा अगाडि पनि कंगना चर्चामा आइन्। चलचित्रका लेखक अपूर्व असरानी थिए, तर कंगनाले आफ्नो नाम पोस्टरमा लेखाइन्। सन् २०१८ मा जब ‘मिटू’ मुमेन्ट शुरु भयो तब कंगनाले चलचित्र क्षेत्रलाई निशाना लगाइन्। उनले ‘क्विन’ चलचित्रका निर्देशक विकन बहलमाथि आरोप लगाइन् र भनिन्, ‘विकासले अनौठो तरिकाले मलाई अंगालो हाले र भने, तिम्रो कपालबाट असाध्यै राम्रो बास्ना आइरहेको छ।’

चलचित्र मनिकर्णिकाको छायाँकनको क्रममा यति भयो कि चलचित्रमा एक अहम भूमिका खेलेका अभिनेता सोनू सूदले चलचित्र छोडिदिए। चलचित्रका निर्देशक क्रिसले पनि बिचमा नै चलचित्र छोडे। पछि यो चलचित्रको निर्देशन कंगना आफैँले गरिन्।

कंगना रनावटले आफ्नो पहिलो चलचित्रदेखि नै कसरी चर्चा पाइरहिन्छ भन्ने बुझेको देखिन्छ। । जब उनी ग्याङ्स्टर चलचित्रको प्रदर्शनपछि पहिलोपल्ट अन्तर्वार्तामा गएकी थिइन्, ‘वो लम्हे’ को छायांकनमा थिइन्। त्यो बेलामा अन्तर्वार्ताको लागि बनाइएको सेटलाई उनले परिवर्तन गरेकी थिइन् किनकी उनलाई अनुहारको दाहिने भाग देखाउन मन थिएन। चलचित्र मणिकर्णिकाको शुभमुहुर्त बनारसको असीघाटमा भएको थियो जहाँ कंगनाले आफ्नो बाल्यकाल गुजारिन्।

त्यो घाटमा मात्र गंगा आरती देखाउनु पर्ने थियो तर कंगना अचानक कुनै कार्यक्रमबिना नै पानीमा गइन् र गंगामा डुब्की मारिन्। उनलाई थाहा थियो की गंगामा डुब्की लगाइएको भिडियो मिडियामा धेरै चल्छ, र उनले भनेको जस्तै भयो, कंगनाको डुब्की मिडियामा हेडलाइन बन्यो।

विवादमा परेको विषयलाई लिएर गरिएको प्रश्नमा उनले उत्तर दिन्छिन्, ‘म जे हुँ, आफ्नो क्षमतामा बनेकी हुँ, त्यसैले म कसैको वास्ता गर्दिन।’

सुशान्त सिंह राजपूतको मृत्युपछि कंगना रनावटको व्यवहार अझै रुखो र कडा भयो। उनले पूरै चलचित्र क्षेत्रलाई हातमा लिइन्। एकपल्ट कंगनाले फेरि ‘नेपोटिजम र मूभि माफिया’ विषयलाई तताइन्। करण जौहर हुन् या सलमान खान, शाहरुख खान र आमिर खान, सबैलाई निशानामा ल्याइन्।

उनले महेश भट्टसँग पनि झगडा गरिन् जसले उनलाई ग्याङ्स्टरमा डेब्यू गराए। राज ३ र वो लम्हे जस्ता चलचित्रको हिस्सा बनाए। सुशान्तको मृत्यु प्रकरणमा जब ‘ड्रग्स’ को कुरा आयो तब उनले भनिन्, ‘बलिउडमा ९९ प्रतिशत मानिसहरु नशा गर्छन्।’ यद्यपी कंगना आफैले आफैलाई ड्रग्सको नसाबाट टाढा राख्न सकिनन्।

पछिल्लो केही समयमा कंगना चलचित्र क्षेको हरेक मुद्दामा अगाडि आएकी छन्। साथै देशको मुद्दामा पनि सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेको देखिएकी छन्। कंगनाको यो बयानहरु पूर्ण रुपमा मोदी सरकारको समर्थनमा देखिन्छन्।

धेरै पल्ट कंगनाले भाषाको मर्यादा तोड्दै गरेको देखिएकी छन्। दिल्ली दंगामा कंगनाको बहिनी रंगोलीको ट्वीटर ह्याण्डलबाट गरिएको एक ट्वीटमा लेखिएको थियो, ‘दिल्लीलाई सिरिया बनाइएको छ। यी बलिउडका जिहादीको मन आनन्दित भयो होला। कोही यिनीहरुलाई किरा जसरी पेलिदिउन् न!’

सुशान्त सिंह राजपूतको मुद्दामा पनि कंगना अगाडि मात्र बढिनन्, महाराष्ट सरकारसँग जुधिन् जो कांग्रेस, एनसिपी र शिवसेनाको सरकार हो। उनले बिजेपी र शिवसेनालाई आमने सामने खडा गरिदिइन्।

बिजेपी खुलेर कंगनाको समर्थनमा आएको छ र कंगनालाई ‘वाई प्लस’ सुरक्षा समेत दिएको छ। धेरैले यो अनुमान लगाइरहेका छन् कि कंगना चाँडै बिजेपीमा जान सक्छिन् र बिजेपीले उनलाई पार्टीमा सामिल गर्नेछ।

नरेन्द मोदी सरकारमा शामिल राज्यमन्त्री र राज्यसभा सांसद रिपब्लिक पार्टी अफ इन्डियाको अध्यक्ष रामदास अठावले भनिसकेका छन् कि ‘बीजेपीले कंगनालाई स्वागत गर्नेछ!’

बिबिसी हिन्दीबाट

प्रतिक्रिया