सफल अवतरण भयो ल्याण्डिङ गियर फेल भएर विराटनगरबाट फर्किएको जहाज

admin

काठमाडौं, ११ असोज : बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ । विराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको झण्डै दुई घण्टासम्म आकाशमा घुमेपछि जहाजलाई आकस्मिक अवतरण गराइएको हो ।

जहाजको सामान्य अवतरण भएको र चालक दलका सदस्य तथा सबै यात्रुहरू सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ । बिहान ८ बजेर ३० मिनेटमा विराटनगरका लागि उडेको जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाडौं फर्किएको थियो ।

जहाजलाई प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।

प्रतिक्रिया