सावित्री सुवेदीलाई मुकुन्देको यस्तो संदेश (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सामाजिक सञ्जालमार्फत आफ्नो खरो अभिब्यक्ति राखेर चर्चामा रहने मुकुन्द घिमिरे पछिल्ला दिनहरुमा मोरङ्गमा आफ्नै गाउँघरको कामकाजमा व्यस्त छन्।

उनले पिएनपिखबरको कुराकानीको क्रममा देशका चिरपरिचित व्यक्तिको कार्यहरूबारे आफ्नो अभिव्यक्ति दिएका छन्। यसै प्रसङ्गमा उनले चर्चित कलाकार धुर्मुस-सुन्तलीलाई कलाकार भएपछि कलाकारितामै भिज्नु पर्ने बताए।

उनले क्रिकेट रङ्गशाला बनाउने अभियानबारे आलोचना गर्दै भने, ‘राज्यले आवश्यक ठानेर रंगशाला बनाउँछन भने त्यो राम्रो पक्ष् हो तर क्रिकेट खेल्न पाइन् दुख पाए भन्ने कोहि छैनन त्यसैले नेपालममा क्रिकेट रङ्गशाला निर्माणलाई प्रथामिका दिनु आवश्यक छैन। पढ्न पाउने, स्वास्थ्य सुविधा आजको आबश्यकता हो। नेपालीले क्रिकेट खेल्न जान्दैनन् र नेपालमा मनोरन्जनात्मक खेलको लागि ठुलो केन्द्र बन्न सक्दैन।’

त्यस्तै, उनले सावित्री सुवेदीको स्वभाव पुरुषको जस्तो लाग्ने बताए। धेरै भड्किएको दुखि आत्माहरु डिप्रेसन अवस्थामा सामाजिक संजालमा भड्किने गर्छन ती मध्य सावित्री पनि पर्न सक्ने उनले आशंका व्यक्त गरेका छन्। बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू