सभापतिका लागि प्रकामान सिंहले दाबी नछाड्ने

admin

काठमाडौँ, मङ्सिर २३ :  नेपाली काङग्रेसका नेता प्रकामान सिंहले १४ औँ महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ ।

बिहीबार काठमाण्डौको बानेश्वरमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पार्टीलाई बिधि बिधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडी बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने स्पष्ट पार्नुभएको हो ।

उहाले पार्टी भित्रको शक्ति राजनितिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसकेको बताउनुभयो ।

नेपाली काङग्रेसलाई बिशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको उहाको भनाई छ ।

कार्यक्रममा नेता सिंहले नेपाली काङग्रेसलाई एकताबद्ध हुन कसिुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया