सभापति देउवा होम क्वारेन्टाइनमा, ओली र प्रचण्डसँगको बैठक स्थगित हुँदै

तुलसी नेपाल

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टाइनमा बसेका छन् ।

आफ्ना निजी सचिवालयका एक जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि सभापति देउवा कन्ट्र्याक्ट ट्रेसिङमा परेको देउवा निकट स्रोतले जानकारी दियो ।

सभापति देउवाको स्वाव संकलन गर्ने तयारी भइरहेको छ । सभापति देउवा होम आइसोलेसनमा बसेपछि आजका लागि बोलाइएको सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताको बैठक स्थगित हुने भएको छ ।

आजको बैठकमा संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची थियो ।

बुधबार बिहान प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ताले सभापति देउवासहितको उक्त बैठक तय गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त छ ।

प्रतिक्रिया