सभामुखको उम्मेदवारी दर्ता आज

admin

काठमाडौं, ७ माघ : प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि आज उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका सार्बजनिक गरेको छ। आज संसद् भवन बानेश्वरमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ। सङ्घीय संसद् सचिवालयका अनुशार आजै अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ।

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन भने यही माघ १२ गतेका दिन हुने छ। प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका थिए। उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका थिए।

सत्तारुढ नेकपाले सांसद अग्नी सापकोटालाई अगाडी सारेकाे छ भने कांग्रेसका तर्फबाट कसलाई बनाउने भन्नेमा टुंगो लगाएको छैन्। प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह तीन बजे बस्नेछ।

प्रतिक्रिया