सभामुख महराले तत्काल राजिनामा दिनुपर्छ: नेता थापा

admin

बुटवल, १४ असोज: नेपाली नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले राजिनामा दिएर आफुलाई लागेको आरोपको निष्पक्ष छानविन गर्न मार्गप्रशस्त गर्नुपर्ने बताए । रिपोटर्स क्वल नेपाल प्रदेश न ५ ले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रको गरिमामय पदमा बसेको व्यक्तिसँग जोडिएर आएको यौन दुर्व्यवहारको कुराले आफू स्तब्ध भएको बताए । सभामुख महरा पहिले आफु आमनागरिक बन्न र प्रहरीले आफ्नो गुमेको साख जोगाउन निष्पक्ष छानविन गर्नुपर्ने बताए ।


बिगतका कतिपय काण्डमा प्रहरी निरीह भएको उल्लेख गर्दै यो संवेदनशिल बिषयमा भने विनाप्रभाव निष्पक्ष छानबिन गर्नुपर्ने उनकाे भनाइ छ । उनले भने – ‘सभामुख दोषी ठहरिएमा हदैसम्मको कानुनी सजाय हुनु पर्छ र आरोप गलत रहेछ भने आरोप लगाउने महिलालाई कारवाही गर्नुपर्छ ।’ नेता थापाले कमजोर हुँदाहुदै पनि नेपाली काङ्ग्रेसले संसदभित्र प्रतिपक्षको भुमिका खेलेको दावी गर्दै उनले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको जिकिर गरे ।

पछिल्लो समय भएको चितवन काण्ड, नेपालगन्जमा भएको घटना र तनहुँमा काङ्ग्रेस नेता मिनेन्द्र रिजाललाई भएको दुर्व्यवहारको पनि नैतिक रुपमा सरकार जिम्मेवार हुनुपर्ने उनको तर्क थियो । सरकारले नराम्रा ब्यवहार गर्नेलाई दुरुत्साहन गर्नुको सट्टा उत्साहीत र संरक्षण गरिरहेको भन्दै थापाले सरकारलाई सचेत रहन चेतावनी समेत दिएका छन् ।

एक फरक प्रसङ्गबोल्दै नेता थापाले सरकारले ल्याएका मिडिया बिधेयक, गुठी बिधेयक, सम्पत्ति सम्बन्धि हक लगायतमा नेपाली काङ्ग्रेसले संसद् र सडकलाई जोडेर आन्दोलन गरेर सफल भएको बताउदै उनले दशैपछाडी काङ्ग्रेस पुन संसद र सडक दुबैबाट प्रतिपक्षको भुमिका शसक्त पार्ने बताए । उनले छाँया सरकारले खास भुमिकाका साथ काम गर्न नसकेको स्विकार्दै आगामी दिनमा अनुभवका आधारमा काम गर्ने समेत बताए ।

प्रतिक्रिया