सभामुख सापकोटाको आँखाको शल्यक्रिया

admin

काठमाडौं, २४ असार : सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।

काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा सभामुख सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलिले बुधबार बिहान १०:३० बजे शल्यक्रिया गरेको हो ।

केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो ।  चिकित्सकहरुको सल्लाहमा बुधबार शल्यक्रिया गरिएको हो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा स्वयंले व्यहोरेको जनाइएको छ ।

शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया