सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, भोलि सुनुवाइ निरन्तर

admin

काठमाडौं: नवनिर्वाचित सभामुख अग्नि सापकोटा विरुद्ध मुद्दाको सुनुवाइ मंगलबारका लागि लम्बिएको छ। पक्षका तर्फबाट सोमबार निवेदक दिनेश त्रिपाठी, सुनील पोखरेल, ओम अर्याल, राजेश चापागाईं, बाबुराम गिरीलगायतको बहस लम्बिएपछि मुद्दा मंगलबारका लागि हेर्दा हेर्दैमा सरेको हो। न्‍यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइ तोकिएको थियो।

आइतबार सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन हेर्न नमिल्ने भएपछि सोमबारका लागि पेसी तोकिएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो।

निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ।

प्रतिक्रिया