समाजसेवामा होमिएका यी पौरखी हातहरु, सलाम छ यी कर्मठ हातहरुलाई (भिडियो)

मनिषा थापा

पिएनपिखबर : कुनैबेला दुर्व्यसनमा फसेर पुनर्जीवन पाएका बिनय जंग बस्नेतको अहिलेको कार्यहरु हेर्ने हो भने थोरैले पत्याउने र झन् थोरैभित्रका पनि थोरैले मात्र गर्न सक्ने काम छ । पशुपतिका बेवारिसे लास पोल्न व्यस्त हुने विनय जंग बस्नेत अहिले टिकाथलीस्थित ‘बा आमाघर’ आश्रमको निर्माणमा व्यस्त छन्।

आफ्नो सम्पत्तिसमेत समाजसेवामा लगाएका उनको जीवन कथा साच्चै मार्मिक छ । सानै उमेर देखि पत्रकारितामा लागेर बीच समयमा उनि अल्कोहलको सिकार भए। सुधार केन्द्रमा बर्षौ बिताएका बिनय जंग यो बेला अरुको जिन्दगी सुधार्नको लागि हर बखत लागिपरिरहेका छन।

विगतका दिनहरुमा उनी घर, परिवार, छरछिमेकी, आफन्त सबैसँग टाढिदै नशासँग नजिकिएका थिए। तिनै जड्याहा बिनय जंग बस्नेत अहिले सामाजिक अभियन्ता बिनय जंग बस्नेत बनेका हुन्। कसैले कल्पना समेत गरेको थिएन होला उनले जाडरक्सीको नशा त्यागेर यसरी समाजमा सकारात्मक कार्य पनि गर्छन् ।

विनय जंग बस्नेतले आफ्नो’एक्सन फर सोसल चेन्ज’ नामक संस्थाबाट विभिन्न समाज सेवा गर्दै आएका छन्। ‘एक्सन फर सोसल चेन्ज’मा आबद्ध रहेकी उषा लामा र पवित्रा लामा पनि घाम पानी नभनी आश्रम निर्माणमा सहयोग गरिरहेका छन्। उनीहरु आफुले यसरी काम गर्न पाउँदा निकै खुशी मिलेको बताए। १८ लाख लागतमा बन्न लागेको उक्त आश्रममा अहिले आर्थिक अभावको कारण रोकिएको छ। यसका लागि धेरै सहयोगी हातहरुबाट गिट्टी, इट्टा, बालुवा सहयोग भईरहेको छ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू