समाजसेवी भद्राद्वारा पिएनपि मिडिया, प्रहरी र युवा समाज सेवीहरुलाई पिपिई वितरण (फोटो फिचर )

admin

काठमाडौँ: काठमाडौँ कोटेश्वर निवासीअग्रणी समाजसेवी भद्रा भण्डारीले आफ्नो व्यक्तिगत पहलमा विभिन्न संघ, संस्था र समुदायसंग समन्वयन गरी आज कोरोनाको कहरमा पनि दिनदु:खि र मजदुरको सेवामा अहोरात्र खटिने युवा समाजसेवी, सामुदायिक प्रहरी, जनपथ प्रहरी र संचारकर्मीलाई पिपिई सेट र माक्स वितरण गरिकी छिन्  ।

कोरोना भाइरसका कारण देश विषम परिस्थितीमा गुज्रिरहेको अवस्थामा समेत आफ्नो स्वास्थ्यको ख्याल नगरी अहोरात्र खटिने युवाहरुलाई स्वस्थ्य रहन मद्धत होस् र सेवामा खटिने भावना अझ बढोस भन्ने भावनाले उनले पिपिई सेट हस्तान्तरण गरेकी हुन्।

पिपिई सेट पाउनेहरुमा युवा समाजसेवीहरु सुनिल केसी, सुबास रिमाल, इन्द्र कार्की र टिका श्रेष्ठ रहेका छन्। त्यस्तै कोटेश्वर समाज सुधार क्लबलाइ ११ ओटा पिपिई सेट, सामुदायिक प्रहरीलाइ ५ ओटा पिपिई सेट र जनपथ प्रहरीलाई ४ ओट पिपिई सेट वितरण गरेकी हुन्।

बिशेष गरि कोरोनाको कहरमा पनि दिन रात नभनी अहोरात्र सन्चारकर्ममा खटिरहेको हाम्रो पिएनपि मिडियाको टिमलाई पनि एक सेट पीपीइ र ५ सेट मेडिकल माक्स उपलब्ध गराएकी छिन् ।

यसका निम्ति हामी सम्पूर्ण पिएनपि मिडिया परिवार हार्दिक आभार प्रकट गर्दछौं  ।

यसका साथै उनको भोलि पनि समाज सेवामा खट्ने युवाहरु र प्रहरीलाई पिपिई सेट हस्तातरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू