‘समृद्धिमा लाग्ने बेला आयो’ :सांसद थापा

राष्ट्रिय समाचार समिति

मध्यपुरथिमि, २६ साउन: नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले असल सोचका साथ देशको विकास र समृद्धिमा लाग्ने बेला आएको बताउनुभएको छ । प्रजातन्त्रको योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका पूर्वनेता स्व श्यामबहादुर कार्कीको १२औँ स्मृति दिवसका अवसरमा आज बालकोटमा आयोजित कार्यक्रममा उहाँले समाजलाई सकारात्मक मार्गमा डो¥याउन युवा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

गणेश आधारभूत प्रावि बालकोटका ८६ जना बालबालिकालाई पोशाक एवं स्टेशनरी सामान वितरण गरिएको श्यामबहादुर कार्की प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला पार्टी सभापति दुर्लभ थापा, सचिव उद्धव सिलवाल लगायतले स्व कार्कीले समाज, पार्टी र शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा ९९ जनाले रक्तदान गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया