सम्झना विकको हत्या आरोपित अस्पतालबाट फरार

admin

धनगढी : बझाङको मस्टा गाउँपालिका की १२ वर्षीया सम्झना विकको ब’लात्का’रपछि ह’त्या गरेको अभियोगमा कारागार चलान भएका किशोर फरार भएका छन्। पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा भागेको जिल्ला प्र’हरी कार्यालय डोटीले जनाएको छ। बाल सुधार गृहमा राखिएका बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट भागेका हुन्।

कोरोना पोजेटिभ देखिएपछि बाल सुधार गृहबाट अस्पतालको आइसोलेसनमा भर्ना गरिएका बोहरा जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता प्र’हरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।

गत असोजमा बालिकाको ब’लात्का’रपछि ह’त्या गरेको अभियोगमा बोहरा प’क्राउ परेका थिए। जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरे पनि उमेर कम भएका कारण बोहरालाई बाल सुधार गृहमा राखिएको थियो।

प्रतिक्रिया