सम्पत्तिको लागि यतिसम्म निर्दयी बने छोरा जसले आफ्नै आमालाई कुटेर घरबाटै निकाले (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सम्पतिको मोहले गर्दा गङ्गा माया भुजेललाई परिवारले निकाल्दिए। उमेरले ५८ वर्ष पुगेकी नुवाकोटकी गङ्गा माया भुजेल राजधानीमा अर्काको घरमा भाँडा माझेर गाँस र बाँसको जोहो गर्दै आइरहेकी छिन्। 

उनका कोहि नभएका हैनन्। परिवारमा श्रीमान, छोरा, बुहारी, नातिनातिना सबै छन्। तर पनि उनले छोराबुहारीले सम्पतिको लागि अनेक यातना दिने गर्थे। उनका श्रीमानले विवाह भएको दिन देखि नै रक्सि खाएर पिट्ने, दाइजो ल्याईन भन्दै अनेक गालि गलौज गर्थे।

श्रीमानले हेला गरेको देखेपछि छोराबुहारीले पनि हेला गर्न थालेको उनी रूँदै बेदना पोखिन। छोराले अंश लिएर बस्दा उनलाई जिउनी भाग घर दिईएको थियो। त्यसकै निम्ति उनका जेठो छोराले खुट्टामा ल्याउने बुटले हानेको बताइन। यतिसम्म कि गहना समेत् खोसेर घरबाट निकालिदिए। त्यसपछि अनेक संघर्ष गर्दै विगत १२ वर्ष देखि राजधानीको थापाथलीमा एक्लै सानो टहरामा बस्दै आएकी छिन्।

१२ वर्षको अन्तरालमा जर्नेल, डाक्टरजस्ता व्यक्तिको घरको झुटो भाँडा माझेर बस्दै आएकी गङ्गा मायालाई अहिले रोगले सताएको छ। शरीरमा पहिलाको जस्तो बल छैन उनको। आँखाभरि आँसु लिंदै उनी भन्छिन, ‘पहिला गाउँमा सबैको हाई हाई थियो मलाई, बाबुले हेला गरे पनि छोराले भविष्यमा पाल्छ सोचेर संघर्ष गरेर पाले।ठुलो भएपछि त्यही छोराले खुट्टाको बुटले मध्यरातमा कुट्यो।’ बाँकी हेर्नुहोस भिडियोमा :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू