सरकारका नीति र नियतमाथि एमालेका प्रश्नैप्रश्न

admin

काठमाडौं, १० माघ : प्रधानमन्त्री शेरबादुर देउवाले संयुक्त सकार सही दिशामा अघि बढिरहेको दावी गरिरहेकै बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको नीति र नीयतमाथि प्रश्नैप्रश्न उठाएको छ ।

सरकारले ६ माहिना पूरा गरेको अवसरमा प्रधानमन्त्री शेबहादुर देउवाले देशवाशीका नाममा सम्बोधन गरेको ३ दिनपछि आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्तिमार्फत सरकारको कार्यशैली र कार्यक्रममाथि विरोध जनाउनु भएको छ ।

उहाँले मुलुकको कार्यकारी अंगको रुपमा रहेको सरकार संविधानले निर्देनिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्न समेत असफल भएको टिप्पणी गर्नु भएको छ ।

सरकार राष्ट्रिय हितको रक्षामा चुकेको छ । महामारीमा अकर्मण्य बनेको छ र जनतालाई न्यूनतम राहत दिन समेत असमर्थ भएको उहाँको तर्क छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया