सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल : बडाल

शर्मिला गुरुङ

काठमाडौं, २९ माघ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल भएको दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले युद्धस्तरमा विकास निर्माणका काम भैरहेको छ। बाटाहरु धमाधम चार लेनबाट ६ लेन, र ६ लेनबाट ८ लेनमा स्तरोन्नती भैरहेका छन् ।’

जनताको घरदैलोमा परिवर्तन नदेखिए विकास निर्माणका कामहरु धमाधम भैरहेको उनको भनाई थियो । उनले भने,‘म यो बीचमा पुर्व–पश्चिम यात्रामा निक्किएको थिएँ । मैले धुलो उडिरहेको देखें । डोजर चलिरहेको देखें । अब त बल्ल विकास भयो भन्ने मलाई लागेको छ ।’

सरकारले यो एक वर्षमा धेरै महत्वपूर्ण कामहरु गरिरहेको पनि उनले विश्वास दिलाए । उनले भने,‘भारतसँग पिटिए भएको छ । यो हाईडा«े क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि हो । थप हवाई रुट दिने सहमति भएको छ ।’

त्यस्तै केरुङ–काठमाडौं रेलमार्गको डिपिआर पनि निर्माण भैसकेको उनले जनाए । भारतबाट काठमाडौं रेल आउने, पुर्व–पश्चिम रेलमार्गको पनि काम भैरहेको लगायत विकास निर्माणका फेहरिस्त उनले सनाए ।

बडालले यो एक वर्षमा सरकारले विकासको जग हालेको पनि दाबी गरे । यद्धपी उनले सरकारले केही काम नै गरेन र अर्थतन्त्र नै डामाडोल भयो भनेर लगाईएको आरोपमा भने कुनै सत्यता नभएको भन्दै खण्डन गरे । सरकार अझै प्रभावकारी र अझै सशक्त रुपमा प्रस्तुत हुनुपर्छ भन्ने जनताको चाहनालाई आफूहरुले स्वभाविक रुपमा लिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया