सरकारको तयारी अपूरो भयो तत्काल राहत प्याकेज लेराइनुपर्छ: सहमहामन्त्री महत (भिडियो )

admin

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्न लकडाउनबाहेक बाँकी तयारीमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्। उनले लकडाउन आवश्यक भएपनि कोरोना भाइरस रोकथाम र उपचारका लागि आवश्यक तयारी गर्न सरकार असफल बनेको दाबी गरे।

‘सरकारको तयारी हचुवा , दिशाबिहीन र अपूर्ण देखिन्छ,’ उनले भने, ‘लकडाउनका कारण राष्ट्रिय जीवनमा परेको आर्थिक सामाजिक प्रभाव कम गर्न चाहिने आवश्यक तयारी पनि देखिदैन।’ उनले संक्रमितहरुलाई परीक्षण गर्न आवश्यक परीक्षण केन्द्र र स्वाब संकलन केन्द्रको बिस्तार गर्न नसक्दा कोरोना का जस्ता लक्षण देखिए बिरामी कहाँ जाने भन्ने अन्यौलता देखिएको बताए।

‘लकडाउनपछि अधिकांश निजी अस्पतालले कोरोना भाइरसको त कुरै भएन अन्य गम्भीर बिरामीहरुको उपचारसमेत रोकेको स्थिति छ,’ उनले भने, ‘लकडाउनको अवधि थप्नुपर्ने अवस्था छ, यस्तो अवस्थामा आम उपभोक्ता र खासगरी काठमाडौं उपत्यका र ठूला सहरमा बस्ने मजदुर र निम्न आय भएका, कामदाबाट वञ्चित भएका नागरिकलाई जीवन यापन गर्न समस्या हुने अवस्था आउन थालेको छ। बाँकी के भने हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया