सरकारको विश्वास लाग्दैन, प्रम ओलीले भुमि फिर्ता गर्छु भन्ने कुरामा मात्रै सिमित : दार्चुलाबासी

मनिषा थापा

पिएनपिखबर : नेपालको भुमि भारतले अतिक्रमण गरे सँगै जनमानसको चासो लिम्पियाधुरा, लिपुलेक, कालापानीतर्फ परेको छ। त्यहाँको जनजीवन र मिचिएको सिमा अवलोकन गर्न धेरै पत्रकार, अभियान्ताहरु पुगेका छन्। भारतको ज्यादती सहदै आएका त्यहाँका बासिन्दा भारतले अतिक्रमण गरे पछि निकै चिन्तित छन्।

दार्जुला घर भएकी एक विद्यार्थीले भनिन्, ‘हामी उठ्ने वित्तिकै भारतको गोलीको आवाज सुन्छौ। यसै पनि दुर्गम क्षेत्र त्यसमाथि भारतको अतिक्रमण। सिमा मिच्दा हाम्रो अंग नै चुडिएको जस्तो महसुस भएको छ। भारतीय विस्तारबाद हटाउन हामी जस्तो पहल गर्न पनि तयार छौ।’

भारतले सिमामा गस्ती बढाएको छ। दिनभर नै भारतीय हेलिकप्टर नेपाली भूमिमा आउनेजाने गर्छ। विहान उठ्न पनि भारतीय सेनाको फाईरिङ्गको आवजले उठ्न परेको स्थानीयको गुनासो छ। उनीहरु मध्य एकले भने, ‘प्रम ओलीले भुमि फिर्ता गर्छु भन्ने कुरामा मात्रै सिमित छ, जुनसुकै देशले यहाँ आएर झण्डा गाढे पनि सरकारले केहि गर्दैन।’ दार्जुलाको जनजीवन नियाल्न सरकारले चासो नराखेको कारण सरकारले केहि गर्छ भन्ने विश्वास नरहेको उनीहरु बताउछन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू