सरकारलाई गालि मात्र गरिरहने अनि मिडियामा चर्चा खोजिरहनेहरु मानसिक रोगी हुन् : मनोविद गोपाल ढकाल

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा आफ्नो धारणा राखेर आलोचित बनेका मनोविद गोपाल ढकालले समाज अहिले धमिलो भएको बताए।

पिएनपिखबरसँगको बसाईमा उनले सामाजमा भईरहेको गतिविधिबारे मनोवैज्ञानिक दृष्टिकोणबाट  आफ्नो धरणा व्यक्त गरेका छन्। समाजमा विकृती फईलिएको कारण मानिसहरु आज सत्य र झुठलाई पहिचान गर्न नसक्ने अवस्था पुगेको उनको विश्लेषण छ। मनोविद, सामाजशास्त्री देखि बौद्धिकरुपमा सोच्ने आम व्यक्तिले समाजको अवस्थाबारे चिन्तित रहने उनको भनाई छ।

प्रविधिले ठुलो फड्को मारेता पनि सहि ढंगले सदुपयोग हुन नसकेकोमा उनको आपत्ति छ। केहि व्यक्तिहरु स्वच्छ समाजलाई धमिलो बनाउन प्रयासरत हुने गरेको उनले बताए। सामाजिक संजालको प्रभाव, बेरोजगारी, आधुनिकरण, शहरीकरण र मानिसको बढ्दो आवश्यकताका कारण समाज धमिलो बन्दै गएको उनको टिप्पणी छ। उनी भन्छन, ”बेरोजगारीका कारण लाखौ युवा तातो घाममा काम गर्न विदेशिएका छन्। तातोहावा पानीमा दिनभर खटिएर थकानको लागि ओछ्यानमा पल्टिदा देश र घर सम्झिन्छन अनि नेतामाथि सामजिक संजालमार्फत आफ्नो आक्रोश पोख्छन। त्यस्ता व्यक्तिलाई निशाना बनाएर सामाजिक संजालले गलत सूचना प्रवाह गरिरहेको हुन्छन जसले झनै मानिसलाई आक्रोशित बनाउदै जान्छ।”

शिक्षाको अभाव र सामाजिक वातावरणको कारणले अफवाह कुरामा झट्ट विश्वास गरेर वास्तविकता नबुझी नकारात्मक भावना र नकारात्मक विचारले गर्दा आज समाज पछि परिरहेको उनको धारणा छ। उनले समाजमा मात्र हैन राजनीतिमा समेत् एक अर्काको खुट्टा तान्ने  प्रवृति देखिएको बताए। उनले राम्रो काम गर्नेको  विरोध गरी टिक्न नदिने प्रवृतिका कारण एकआपासमा नमिल्ने र सहिष्णुता कायम नहुने उनी बताउँछन्। मानिसहरु चाडै आवेगमा आउने र चाडै निराश हुने भएकोले दाजुभाई, आफन्त र घरपरिवारमा मनमुटाव हुने, हत्या, हिँसाका घटनाहरु घट्ने उनले बताए।

मानोवैज्ञानिकको अध्धयन अनुसार मानिसको आकर्षण सकारात्मकता भन्दा नकारात्मकतातर्फ छिटो जाने गरेको बताउँदै उनले भने,  ‘केहि व्यक्तिले नकारात्मकतालाई मात्रै ग्रहण गरी गलत सुचना प्रवाह गरिरहेका हुन्छन जसलाई सामाजिक संजाल देखि टेलिभिजनले विक्ने हिसाबले उत्थान गर्ने गर्छन। यसले समाजलाई कुनै दिशा दिदैंन।’

क्षणिक अफवाहले समाजलाई दलदलमा पार्ने केहि व्यक्ति उन्मुख हुने गरेको उनले बताए। सामाजमा मानिसले आफु विज्ञ हुन र नाम कमाउन अरुको नकारात्मक पाटोलाई मात्र दर्साइरहेको उल्लेख गरे। समाजमा अरुलाई आलोचना गरी अफवाह बनाई आफु हिरो बन्ने प्रवृति पनि केहि मानिसमा हुने उनले बताए। त्यस्ता व्यक्तिले सरकारलाई गालि मात्र गरिरहने र नामका लागि मिडियामार्फत चर्चा खोजिरहने हुन्छन जुन मानसिक रोगी हुन सक्ने उनले टिप्पणी गरे। राजनीतिक मेनियाँ, सामाजिक मेनियाँ भएको व्यक्तिले चर्चाको निम्ति सामाजलाई धमिलो बनाउन लागि पर्ने उनको भनाई छ। सामाजमा भईरहेको धमिलो पानीलाई संग्लो बनाउन सबैभन्दा अघि आफुले नै सकारात्मकतातर्फ जोड दिनु जरुरी रहेको उनले बताए।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू