सरकारले कोरोनाबाट एकैदिन ६१९ जनाको मृत्यु भएको तथ्याङ्क देखायो

admin

काठमाडौं, फागुन १२ । सरकारले एकैदिन नेपालमा कोरोना भाइरसबाट मृ’त्यु भएकाको संख्या बुधबार ६१९ देखाएको छ । नेपाली सेनाले यसअघि नै थप एक हजार भन्दा बढी कोरोनाबाट मृ’त्यु भएकाको शव व्यवस्थापन गरेको जनाएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारमात्रै ६ सय १८ जना थपेको हो ।

पछिल्लो २४ घण्टामा भने एक जनाको मात्र मृ’त्यु भएको छ । सेनासँगको तथ्याङ्कसँग रुजु गरेको धेरै समय भए पनि स्वास्थ्य मन्त्रालयले बुधबार मात्र ६ सय १८ जना मृ’तक थपेको हो ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिले विभिन्न समयमा छुटेकाहरुलाई समेटेर अंक मिलाइएको बताउनु भयो । उहाँले मृ’तक मिलान गरेसँगै सक्रिय संक्रमितको संख्या पनि घटाइएको बताउनुभयो ।

योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २६ सय ८४ पुगेको छ । त्यसैगरी सक्रिय संक्रमित एकैपटक ६ सय १८ जना घटाएर ९ सय ३७ पुर्‍याइएको छ । डा. गौतमले पुसदेखि भने मृतकको संख्यामा समस्या नभएको बताउनुभयो ।

यता बुधबार ३ हजार ६ सय ९२ पीसीआर परीक्षणबाट ९४ संक्रमित थपिँदा ७१ जनामात्र संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ ।

प्रतिक्रिया