सरकारविरुद्ध अर्को ‘बृहत् प्रदर्शन’, तोकिए ठाउँठाउँका कमाण्डर

admin

काठमाडाैं : प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाकै प्रचण्ड–माधव समूहले पर्सि बुधबार (माघ २८ गते) फेरि विरोध सभा गर्ने भएको छ। जसका लागि यो समूहका केन्द्रीय नेतृत्वकर्ताहरू अघिल्लो हडतालझैं सडक संघर्षमा उत्रिने भएका छन्।

केन्द्रीय संघर्ष समितिका अनुसार पाँच ठाउँबाट जुलुस निस्कने छ। जसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेकका सबै केन्द्रीय नेताहरूले गर्नेछन्।

सबै सहायक जुलुस ११ बजे सुरु हुने आज प्रकाशित एक सूचना उल्लेख गरिएको छ। मूल जुलुस १२ बजे सुरु हुने संघर्ष समितिले जनाएको छ। मुल जुलुस सुन्धारा –वीरअस्पताल–जमल–घण्टाघर–बागबजार– पुतलीसडक–पद्मोदय मोड–प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपस्थित सभास्थलमा पुग्ने उल्लेख गरिएको छ।

कहाँ कुन मोर्चामा कसले नेतृत्व गर्दै?

 

प्रतिक्रिया