सरकारविरोधी प्रदर्शनको ‘टाइमिङ’ माथि अभिनेत्री मनिषाको ट्विट

admin

काठमाडौं, ३१ जेठ : सरकारविरुद्ध युवाहरुले गरिरहेको प्रदर्शनको ‘टाइमिङ’ माथि अभिनेत्री मनिषा कोइरालाले प्रश्न उठाएकी छिन् ।

नेपालको संसदले (आज) शनिबार देशको नयाँ नक्शालाई आधिकारिकता दिने गरी संविधान संसोधन गर्दैछ । आजको दिन सरकारलाई सडकबाट दवाव दिनु उचित नभएको उनको आशय छ ।

आजको दिनमा सरकारविरोधि प्रदर्शन नगर्न सामाजिक सञ्जालमा धेरैले आग्रह गरेका थिए । तर, प्रदर्शन रोकिएको छैन । यसै सन्दर्भलाई लिएर मनिषाले असन्तुष्टी व्यक्त गरेकी छिन् ।

ट्विटरमा मनिषाले लेखेकी छिन्, ”(प्रदर्शनको) टाइमिङ निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । तर, यसले अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ?’

केही दिनअघि मन्त्रीपरिषदले नेपालको नयाँ नक्शा पारित गर्दा पनि मनिषाले त्यसको समर्थनमा ट्विट गरेकी थिइन् । उक्त ट्विटलाई लिएर भारतीय मिडियाहरु मनिषामाथि खनिएका थिए ।

प्रतिक्रिया